+
+
Shares

सुपारी आयात नखोल्न सरकारसँग किसानको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २७ गते १८:०७

२७ पुस, काठमाडौं । झापाका किसानहरुले स्वदेशी माग धान्ने परिमाणमा सुपारी आफ्नै देशमा उत्पादन रहेको भन्दै आयात अनुमति नखोल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नमुना झापा सुपारी विकास संस्थाले एक ध्यानाकर्षण विज्ञप्ति जारी गर्दै सुपारी माफियाको दबावमा सुपारीको आयात खोले किसानहरु ठूलो मर्कामा पर्ने जनाएको छ ।

‘सरकार सुपारी माफियासंग मिलेर सुपारीको आयात खोले किसानहरु आफ्नो उत्पादन नबिकेर ठूलो मर्कामा पर्छन्,’ संस्थाले ध्यानाकर्षण पत्रमा भनेको छ, ‘आफ्नै देशको सुपारी नबिकेको बेला विदेशी सुपारी आयातको अनुमति दिनु किसान माथिको अपराध हो ।’ नेपालमा उत्पादन भएको सुपारी नबिकेको कारण किसानको घरमै थन्किएको पनि संस्थाले जनाएको छ ।

देशमा सुपारीको कुल खपत ९ देखि १० हजार मेट्रिकटन मात्रै रहेको र त्यो मागलाई धान्ने भन्दा ठूलो परिमाणको १२ हजार मेट्रिकटन सुपारी नबिकेर किसानको घरमा थन्किएको संस्थाले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?