+
+

नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना संक्रमण, सेवा प्रभावित हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १४:२३

२८ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलका ८ जना कर्मचारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि काउन्सिलले दिने सेवा प्रभावित हुने भएको छ ।

काउन्सिलका रजिस्टार डा. कृष्णप्रसाद अधिकारीका अनुसार काउन्सिलले प्रदान गर्ने नियमित सेवा १० दिनसम्मका लागि केही ढिलाइ हुने बताए ।

मंगलबार आएको कोरोनाको परीक्षणको रिपोर्टमा २ जना पदाधिकारी र ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको उनले बताए ।

रजिस्टार डा. अधिकारीकाले बुधबार एकसूचना जारी गर्दै सेवामा केही ढिलाइ हुनेबारे सेवाग्राहीहरुलाई जानकारी गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?