+
+

टाइगर कप भलिबलमा महिलातर्फ एपीएफ र पुलिस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १६:१७

२८ पुस, पोखरा । दोस्रो संस्करणको टाइगर कप राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा बुधबार महिलातर्फ दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा एपीएफले न्यू डायमण्डलाई ३-२ को सेटमा हरायो । खेलमा न्यू डायमण्डले अग्रता बनाएपनि अन्तिम दुई सेट लगातार जित्दै एपीएफले खेल जितेको हो ।

रोमाञ्चक बनेको खेलको पहिलो सेट न्यू डायमण्डले २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेटमा एपीएफले पूनरागमन गर्दै २५-२१ ले जित्यो ।

तेस्रो सेट न्यू डायमण्डले २५-१० ले सहजै जितेर २-१ को अग्रता बनाएको थियो । तर एपीएफले चौथो सेट २५-१२ ले जितेपछि खेल पाँचौं सेटमा पुग्यो ।

पाँचौ तथा निर्णायक सेट १५-८ ले आफ्नो पक्षमा पार्दै एपीएफले खेल जित्यो । जितपछि एपीएफले २ अंक जोड्दा न्यू डायमण्डले पनि १ अंक पायो । दोस्रो जितपछि एपीएफले ३ खेलबाट ५ अंक जोडेको छ ।

पहिलो हार व्यहोरे पनि न्यू डायमण्डले ३ खेलबाट ७ अंक जोडेको छ र शीर्षस्थानमा छ ।

यस्तै बुधबारै भएको महिलातर्फको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले आयोजक टाइगर ग्रुपलाई सोझो सेटमा हराएर पहिलो जित निकालेको छ ।

पुलिसले राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको टाइगर टिमलाई २५-२०, २५-१७,२५-२२ ले हरायो ।

पहिलो खेलमा एपीएफसंग हारेको पुलिसले जितपछि ३ अंक जोडेको छ । उता टाइगर ग्रुपको यो लगातार दोस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?