+
+

धादिङमा पहिरो : हेलिकप्टरबाट सशस्त्रको टोली घटनास्थल प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १२:०४

२९ पुस, काठमाडौं । धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ ।

धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे रुबीभ्याली प्रस्थान गरेको हो ।

रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खसेर पुरिंदा डोजर चालक, सहचालक र एकजना स्थानीय बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहका अनुसार बेपत्ता हुनेमा डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ रहेका छन् । उनीहरुको ठेगाना भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?