
२९ पुस, काठमाडौं । बलिउड आइटम गर्ल मलाइका अरोरा र अभिनेता अर्जुन कपूरबीचको प्रेम सम्बन्ध कुनै नौलो रहेन । अर्जुनसँग प्रेममा रहेपछि मलाइकाले श्रीमान् अरबाज खानसँग डिभोर्स गरेकी थिइन् ।
केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको अहिले ‘ब्रेकअप’ भएको खबरले बलिउड तातिएको छ । यी दुईको ब्रेकअपको खबरले भारतीय सञ्चारमाध्यममा पनि राम्रै स्थान पाइरहेको छ ।
तर, ब्रेकअपको खबरलाई अर्जुनले खण्डन गरेका छन् । सामाजिक सञ्जालमा मलाइकासँगको एक तस्वीर पोष्ट गर्दै अर्जुनले खबर झुटो भएको बताएका छन् । उनले मलाइकासँगको एक सेल्फी पोष्ट गर्दै झुटो खबरका लागि आफूहरुको जिन्दगीमा कुनै पनि स्थान नभएको लेखेका छन् । साथै, उनले सबैलाई सुरक्षित रहन पनि आग्रह गरेका छन् ।
मलाइकाले अरबाजसँग डिभोर्स गरेपछि अर्जुनसँगको सम्बन्धलाई खुलाएकी हुन् । यसपछि यो जोडीले निर्धक्कसँग आफूहरुको सम्बन्धलाई सार्वजनिक रुपमा नै प्रस्तुत गर्दै आएको छ ।
प्रतिक्रिया 4