
२९ पुस, काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंककाे सुधार भएको छ । बुधबार ३० अंकले घटेकाे शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेकाे छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेकाे छ ।
शेयर काराेबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिकाे शेयर काराेबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार काराेबारबाट २२४ कम्पनीका १ कराेड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ । जसअनुसार काराेबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर काराेबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4