
३० पुस, काठमाडौं । सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि बुस्टर डोज खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको छ ।
पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टरमा पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ । पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइनेछ ।
हेर्नुहोस् मन्त्रालयको पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4