+
+

भारतीय दूतावासले भन्यो : सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते १८:३४

१ माघ, काठमाडौं । भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उसले बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरुले भारतसँग कूटनीतिक संवाद गर्न र सडक विस्तार तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् । सरकारले भने यसबारे औपचारिक रुपमा बोलेको छैन ।

काठमाडौंस्थित भारतीय दूतावासले शनिबार वक्तव्य जारी गर्दै नेपाल भारत सीमाबारे भारत सरकारको धारणा सर्वविदित, स्थिर र प्रष्ट भएको बताएको छ । त्यो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको भन्दै भारतीय दूतावासको प्रवक्ताको वक्तव्यमा भनिएको छ, ‘हाम्रो विचारमा स्थापित अन्तर सरकारी संयन्त्र र च्यानलहरु नै संवादका लागि उपयुक्त माध्यम हुन् ।’

साथै घनिष्ट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनाका आधारमा सीमा सम्बन्धी विषय सम्बोधन गर्न सकिने समेत भारतीय दूतावासले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?