+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

प्रिज्मा-प्रिन्सीको जवाफले ओझेलमा परेको ‘जाल बुन्यो’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते २१:०६

१ माघ, काठमाडौं । मोडलद्वय प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा केही समयदेखि मिडियासँगको सम्बन्धको प्रश्नले घेरिन थालेका छन् । तर, सञ्चारकर्मीको प्रश्नमा उनीहरुले बारम्बार दिने विवादस्पद अभिव्यक्तिले उनीहरुलाई छाडेको छैन । शुक्रबार काठमाडौंमा आयोजना भएको ‘जाल बुन्यो’ बोलको गीत रिलिज कार्यक्रममा गीतको भन्दा यी दुईको व्यक्तिगत विषयमा बढी चर्चा भयो ।

मोडलिङमा आएको शुरुआती दिनदेखि नै केही मिडियालाई मात्र छानेर अन्तर्वार्तामा रमाउँदै आएका यी जुम्ल्याहा दिदीबहिनीलाई मिडियाकर्मीले प्रश्न वर्षाए ।

तपाईंहरु मिडिया छानेर अन्तर्वार्ता दिनुहुन्छ हो भन्ने प्रश्नमा प्रिज्माले भनिन्, ‘हामीले शुरुआत नै यो प्रश्नको जवाफ दिंदै आएका छौं । हामीलाई जहाँ सहज हुन्छ, जहाँ विवादस्पद प्रश्न गरिँदैन, जहाँ केही गल्ती बोलिहालियो भने पनि पछि काटिदिनु है भन्दा मान्नुहुन्छ उहाँहरुलाई मात्र हामीले अन्तर्वार्ताका लागि समय दिने गरेका छौं ।’

यसअघि सागर लम्सालसँग प्रेम र ब्रेकअपको खबर सार्वजनिक हुँदा पनि उनीहरुले मिडियाले नै यो समाचार उचालेको आरोप लगाएका थिए । । तर, म्युजिक भिडियो दुनियाँका अधिकांश व्यक्तिहरु सागर र प्रिज्माको प्रेम सम्बन्धको खबरको विषयमा जानकार नै छन् । ।

पत्रकार सम्मेलनमा सागरसँग अलग भएपछि तपाईंहरुको गीत चल्न थालेको हो भन्ने प्रश्न समेत उठेको थियो । यस्तै, विषयले यी दुईले अभिनय गरेको गीतको चर्चा भने पूरै छायाँमा पर्‍यो।

सुजाता केसी र विपिन घिमिरेको स्वर रहेको यो गीतमा विपिनकै संगीत, शिव अधिकारीको शब्द छ ।

भिडियोमा रामजी लामिछानेको निर्देशन छ । विकास ज्ञवालीको सम्पादन रहेको भिडियोलाई मानकृष्ण महर्जनले खिचेका हुन् । भिडियोमा प्रिज्मा र प्रिन्सीसँगै अमर र अमृत दाहालको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?