+
+

कोरोना बढेपछि सुर्खेतमा कडाइ, जिल्ला प्रशासनद्वारा १२ बुँदे आदेश जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते ७:०६

२ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोनाको संक्रमणको दर तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेको छ । जिल्लामा कोरोना संक्रमण फैलिन नदिन १२ बुुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी आदेश जारी गरेको हो ।

जिल्लाभर लागू हुने गरी शनिबार राति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्ऽप्रसाद रिजालले शनिबार कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथा, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन उक्त आदेश जारी गरेका हुन् ।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्ऽको सिफारिस एवं गृह मन्त्रालयको निर्णय बमोजिम आदेश जारी गरेको प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनु पर्ने भनिएको छ ।

खोप कार्ड मोबाइलमा फोटो भए पनि मान्य हुनेछ भने आवश्यक कार्यक्रम सञ्चालन गर्नुपरे प्रशासनको अनुमति लिनुपर्नेछ ।

त्यस्तै माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द रहने छन् भने पूर्वनिर्धारित परीक्षाहरू भने स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ ।

नियमको पालना नगरेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रशासनले जनाएको छ ।

सार्वजनिक सवारीले स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । सबै यात्रुहरुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ ।

मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने र अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइजर गर्नुपर्नेछ ।

जिल्ला भित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीयहरूले विगतमा संचालन गरेका एमबुलेन्स, कोभिड १९ उपचार केन्ऽ तथा आइसोलेशन केन्ऽलाई सुदृढगरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने आदेशमा भनिएको छ ।

अक्सिजनको आपूर्ति सहज बनाउन कोरोनाको दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिण्डरहरू यथाशिघ्र सम्बन्धित उद्योग, अस्पताल स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा हस्तान्तण गर्ने पनि आदेशमा उल्लेख छ ।

साथै प्रशासनले आदेशको पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित अनुगमन गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?