+
+

सुदूरपश्चिममा थप १८४ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १७:५२

२ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप एक सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन र पीसीआर विधिबाट एक हजार चार सय ८७ जनाकोे परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार आइतबार संक्रमण पुष्टि भएकामध्ये एक सय ७२ जना भारतबाट घर फर्किएका छन् भने बाँकी प्रदेशका विभिन्न जिल्लाका छन् । आइतबार थपिएका समेत गरेर सुदूरपश्चिममा संक्रमितको संख्या ५० हजार छ सय ४७ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का ५२ वर्षीय पुुरुषको संक्रमणबाट मृत्यु भएको जनाएको छ । उनी कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?