+
+

प्रदेश २ को प्रदेश सभा बैठक शुरु, राजधानी तथा नामाकरण सम्बन्धी छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते १३:१९

३ माघ काडमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक शुरु भएको छ । बिहान ११ बजे शुरु हुने भनिएको बैठक करीब दुई घण्टापछि शुरु भएको हो । बैठकमा प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिको प्रतिवेदनमाथि छलफल जारी छ ।

अध्ययन विशेष समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला-भोजपुरा र मध्य मधेश तथा राजधानी जनकपुरसहित उत्तर पूर्वमा ढल्केवर-कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रतिवेदन पेश गरेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सहमति भए सहमतिमा र सहमति नभए मतदानबाट राजधानी तथा नामाकरण सम्बन्धी विषयमा निर्णय लिने तयारी छ । प्रदेशसभामा मतदानका लागि पहिले राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।

पहिलो मतदान हुने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए प्रदेशको नाम र राजधानी टुंगिनेछ । तर, मतदानबाट समेत प्रदेश नम्बर २ को नाम र राजधानी टुंगिने संकेत देखिएको छैन् ।

प्रदेशको नाम ‘मधेस’ जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी (केन्द्र )ले गरेको प्रस्ताव हो । जानकी नाम एमाले र नेकपा (एकीकृत समाजवादी) तथा मिथिला-भोजपुरा कांग्रेसको प्रस्ताव हो ।

सबै राजनीतिक दलमा बारा-पर्साका सांसदको छुट्टै प्रदेशको नाम मध्य मधेस भनेर पनि प्रस्ताव गरेका छन् । राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव हो । तर, बारा-पर्साका सबै दलका सांसद्हरुले राजधानीमा वीरगन्ज छुट्टै प्रस्ताव गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?