+
+

कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते ११:५०

४ माघ, धनगढी । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्युु भएको छ । सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका अछामका ३९ वर्षीय रुपराज भाटको मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनकाअनुसार काम विशेषले अछामबाट कोहलपुर गएका भाट पुलमा फोटो खिच्ने क्रममा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले भाटको उद्दार गरेर उपचारका लागि प्रादेशिक अस्पताल पुगाएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

भाटको मृत्युु प्रकरणबारे थप अनुसन्धान भइरहेको बताउँदै डीएसपी जोशीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको जानकारी दिए । ‘नेपालगञ्जबाट अछाम जानुपर्ने मान्छे बीचबाटोमै के-कति कारणले उत्रिए ? उनीसँग अरु को-को मानिस थिए ? भन्ने  विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ जोशीले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?