
४ माघ, काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको पछिल्लो चलचित्र ‘सत्यमेव जयते २’ बक्स अफिसमा असफल सिद्ध भयो । तर, यो चलचित्र असफल भएपनि जोन अब्राहमको पारिश्रमिक भने बढिरहेको छ ।
यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘पठान’का लागि जोनले २० करोड भारु पारिश्रमिक बुझेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो चलचित्रमा उनी खलनायकको भूमिकामा देखिँदैछन् । चलचित्रमा अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका छ ।
जोनले अर्को चलचित्र ‘एक भिलेन रिटर्न्स’का लागि चर्को पारिश्रमिक बुझेका छन् । मोहित सुरीको निर्देशनमा बनिरहेको यो चलचित्रका लागि जोनले २१ करोड पारिश्रमिक बुझेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तीन वर्षअघि जोनले तीन करोड पारिश्रमिक बुझ्ने गरेका थिए । तीन वर्षमा उनको पारिश्रमिक तीन गुणाले बढेको छ ।
यो चलचित्र जुलाई महिनामा रिलिज गर्ने तयारी निर्माताको छ । चलचित्रमा अर्जुन कपूर र दिशा पटानी पनि मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया 4