+
+

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १८:५७

४ माघ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको सचिवालयका अनुसार मंगलबार पीसीआर परीक्षण गरिएको थियो । र तिमिल्सिनाको रिर्पोट पोजिटिभ आएको हो ।

राष्ट्रियसभाका अन्य केही सांसदहरुलाई पनि कोरोना संक्रमण भएको छ । सचिवालयका कर्मचारीहरु पनि संक्रमित भएका छन् ।

सांसद र कर्मचारीहरुलाई कोरोना संक्रमण भएपछि यहि माघ ३ गतेलाई बोलाइएको राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?