+
+

महामारीका बेला लोकतन्त्रभन्दा निरंकुश शासनमाथि भरोसा गर्नेको संख्या बढ्यो : अध्ययन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १९:३१

४ माघ, काठमाडौं । हालै गरिएको एक विश्वव्यापी अध्ययनले निरंकुश शासनप्रति जनविश्वास बढ्दै गएको र लोकतन्त्रप्रतिको विश्वास घट्दै गएको देखाएको छ ।

दुई दशकभन्दा बढी समयदेखि सर्वेक्षण गर्दै आएको एडेलम्यान ट्रस्ट ब्यारोमिटर नामक समूहले गरेको अध्ययनबाट निरंकुश शासनप्रति मानिसको विश्वास बढ्दै गएको देखिन्छ । उक्त समूहले यसै हप्ता प्रकाशित गरेको आफ्नो पछिल्लो अध्ययनमा लोकतान्त्रिक माध्यमबाट निर्वाचित सरकारप्रति चिन्ताजनक रुपमा विश्वास घट्दै गएको बताएको छ ।

अध्ययनका क्रममा नोभेम्बर १ देखि २४ सम्म ३६ हजार मानिससँग अन्तर्वार्ता लिइएको थियो । अध्ययनमा सहभागीले लोकतन्त्रप्रति जनविश्वास घट्नुको एउटा कारण लोकतान्त्रिक मुलुकमा कोभिड-१९ महामारीको कमजोर व्यवस्थापन रहेको बताएका थिए ।

जनविश्वास घट्ने लोकतान्त्रिक मुलुकमा अमेरिका र जर्मनीसहितका मुलुक रहेका छन् । जर्मनीका सार्वजनिक संस्थाप्रतिको जनविश्वास अत्यधिक घटेको अध्ययनमा उल्लेख छ । अध्ययनअनुसार जर्मनीमा सरकारप्रतिको जनविश्वास अघिल्लो वर्षको तुलनामा ७ बिन्दुले घटेर ४६ मा झरेको छ ।

त्यस्तै,  अष्ट्रेलियामा सरकारप्रतिको जनविश्वास ६ बिन्दुले घटेर ५३ अङ्कमा झरेको छ भने नेदरल्याण्डमा घटेर ५७, दक्षिण कोरियामा ४२ र अमेरिकामा ४३ मा झरेको छ ।

तर यसको ठीक विपरीत चीन लगायतका मुलुकमा सरकारप्रतिको जनविश्वास बढेको देखिन्छ । चीनमा सरकारप्रतिको जनविश्वास ११ बिन्दुले बढेर ८३ पुगेको छ । साथै, संयुक्त अरब इमिरेट्स (युएई)मा सरकारप्रतिको जनविश्वास ९ बिन्दुले बढेर ७६ पुगेको छ भने थाइल्याण्डमा ५ बिन्दुले बढेर ६६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?