+
+

कोरोना संक्रमित भएपछि श्वेताले भनिन्- चाँडै काममा फर्किनेछु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १२:४९
अभिनेत्री श्वेता खड्का । फाइल तस्वीर

५ माघ, काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण भएको छ । विश्वभर कोरोना भाइरस संक्रमणको तेस्रो लहरले लाखौं मानिसलाई संक्रमित बनाइरहेको बेला आफूलाई पनि कोरोना पोजेटिभ देखिएको श्वेताले बताएकी छन् ।

उनले आफू चाँडै नै काममा फर्किने भन्दै सबैलाई स्वस्थ रहन आग्रह समेत गरेकी छन् ।

श्वेता चलचित्रसँगै व्यापार व्यवसायमा पनि सक्रिय छिन् । उनले आफूलाई कोरोना पोजिटिभ देखिएपनि लक्षण खासै नदेखिएको उल्लेख गरेकी छन् । अर्का कलाकार संजोग कोइराला पनि केही दिनदेखि कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा छन् ।

कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले सिनेमा हलहरु माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । चलचित्र हल बन्द भएपनि छायांकनको गतिविधि भने नरोकिने चलचित्र विकास बोर्डले जनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?