+
+

परीक्षा हलमा संक्रमितलाई सँगै राखिएको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीद्वारा लाठीचार्ज

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १३:३१

५ माघ, काठमाडौं । बानेश्वरको कान्तिपुर इन्टरनेश्नल कलेज, बुद्धनगरमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।

कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकैठाउँमा राखेर परीक्षा दिन लगाएको भन्दै आन्दोलित विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।

बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । अहिलेसम्म परीक्षा सुरु भएको छैन ।

विद्यार्थीहरुका अनुसार स्वास्थ्य मापदण्डको न्यूनतम पालना पनि नभएकाले विद्यार्थीले कलेजको गेटमा तालाबनदी गरेका छन् । एक विद्यार्थीका अनुसार कलेजमा स्यानिटाइजर पनि राखिएको छैन ।

मंगलबार हिमालयन ह्वाइट हाउस कलेज, पुतलीसडकमा पनि संक्रमित र संक्रमण नभएको विद्यार्थीलाई सँगै राखेर परीक्षा लिइएको भन्दै विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका थिए ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?