+
+

गण्डकीमा एकैदिन ७ सय बढीमा कोरोना संक्रमण, कास्कीमा १५ सय सक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १६:३८

५ माघ, पोखरा । कास्कीमा पछिल्लो २४ घण्टामा थप ७ सय ३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै गण्डकीमा बुधबारसम्म २ हजार ७८४ पुगेको छ । कुल सक्रिय संक्रमिमध्ये २ हजार ७११ जना होम आइसोलेसनमा छन् ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी कास्कीका छन् । पछिल्लो २४ घन्टामा पुष्टि भएका कुल संक्रमितमध्ये कास्कीकामात्रै ३ सय ६५ जना रहेको निर्देशनालयले जनाएको छ । योसँगै कास्कीमा बुधबारसम्म १ हजार ५४६ जना सक्रिय संक्रमित पुगेका छन् ।

त्यस्तै, संक्रमण पुष्टि हुनेमा स्याङजाका ८५, तनहुँका ८३, गोरखाका ५८, नवलपुरका ४६, लमजुङका ३०, म्याग्दीका १९, बागलुङका ११, पर्वतका ५ र मुस्ताङका एकजना छन् ।

पछिल्लो २४ घन्टामा १३ सय जनामा गरिएको परीक्षणमा ५० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । प्रदेशभर ७ सय जनाभन्दा बढीमा संक्रमण पुष्टि हुँदा जम्मा ३८ जनामात्रै निको भएका छन् ।

एक जनाको मृत्यु

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिका ६ का ८७ वर्षीय पुरुष छन् ।

पुस २४ गते संक्रमण पुष्टि भएका ती पुरुषको लमजुङ जिल्ला अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?