+
+

मधेश प्रदेशको चाहना पूरा भयो : मुख्यमन्त्री राउत

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकार बनाउने चाहना पूरा भएको बताएका छन् । मधेश बलिदानी दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस आन्दोलनको समयमा नेपाल सरकार लेखेको मेटाएर मधेश लेखिएको स्मरण गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १८:००

५ माघ, सप्तरी । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस सरकार बनाउने चाहना पूरा भएको बताएका छन् ।

मधेश बलिदानी दिवसको अवसरमा राजविराजमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस आन्दोलनको समयमा नेपाल सरकार लेखेको मेटाएर मधेश लेखिएको स्मरण गरे । ‘त्यस बेलादेखि नै मधेश प्रदेश होस् र मधेस सरकार बनोस् भन्ने चाहना थियो’ उनले भने, ‘अहिले त्यो चाहना पूरा भएको छ ।’

उनले प्रदेशको नाम मधेस राख्न सहयोग गर्ने सबै सांसदलाई धन्यवाद दिएका छन् । आफ्नो दल जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी मिल्दा पनि दुई तिहाई नपुगेको भन्दै उनले भने, ‘नेपाली कांग्रेस, एकीकृत समाजवादी र एमालेका सांसदले पनि यसमा सहयोग गरेका छन् । मधेस नामाकरण भएपछि उहाँहरुले जय मधेश भन्नुभयो । उहाँहरुप्रति आभार र उच्च सम्मान प्रकट गर्दछु ।’

प्रहरी समायोजनमा संघीय सरकार बाधक

मुख्यमन्त्री राउतले सबभन्दा पहिले आफूहरुले नै प्रहरी ऐन बनाएपनि कार्यान्वयन गर्न नसकिएको बताए ।

संघीय सरकारले संविधान अनुसार प्रहरीको समायोजन गर्न नसक्दा यो ऐन कार्यान्वयन नभइरहेको बताए । यस बिषयमा सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको बताउँदै मुख्यमन्त्री राउतले सर्वाेच्चको आदेश लगत्तै प्रहरी समायोजन भएर प्रदेशको आफ्नै प्रहरी हुने बताए । उनले प्रहरीसहित प्रदेश सरकारका सबै सेवामा महिलाको ५० प्रतिशत सहभागितालाई अनिवार्य गरिसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?