+
+

धोबीखोलाको व्यवस्थापनबारे स्थानीय तहसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १२:२१

६ माघ, काठमाडौं । उपत्यका विकास प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेटेर धोविखोला व्यावस्थापन र सौन्दर्यीकरणका गर्न छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिका ४, ५, ७, ९, १०, ११, २९, ३० र बुढानिलकण्ठ नगरपालिकाका ८, ९, १०, १३ का वडाअध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो ।

धोबीखोला कोरिडोर निर्माणको ९५ प्रतिशत काम सकिएपनि निलो पुल छेउको क्षेत्रमा ३ वटा घरको मुअब्जा वितरण गर्न बाँकी छ । पुलमुनिका भागमा जथाभावी फोहोर थुपि्रएको छ । कतिपय ठाउँबाट खोलामा ढल मिसाइएकोबारे स्थानीय जनप्रतिनिधिहरुसँग छलफल कार्यक्रम आयोजना गरेको प्राधिकरणले बताएको छ ।

धोविखोलामा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिले ढल राख्ने काम गरेको छ भने कोरिडोर निर्माण काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको छ । वडाध्यक्षहरुले धोविखोला कोरिडोरले शहरको ठूलो ट्राफिक चापलाई व्यवस्थापन गर्न सहयोग पुगेको भएता पनि हरेक बर्ष आउने बाढीको प्रभावले स्थानीय जनताले दुख पाएको कारण अब योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् । उनीहरुले धोविखोलाको व्यावस्थापन सबैको जिम्मेवारी भएकोले समन्वय गरेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले बाग्मती लगायतका सहायक नदिहरुको सरसफाइमा सबै निकायले ध्यान दिनुपर्ने र कसैले पनि अर्कोनिकायको जिम्मेवारी हो भनेर पन्छन नहुने बताए ।

विगतमा कोरिडोर निर्माणको काममा सानातिना तत्काल गर्न सक्ने कामहरु पनि नगरिएको भन्दै प्राधिकरणकी विकास आयुक्त जानुका ढकाललेसडकमा कलरकोड, बत्ती, हरियाली, फुटपाथलाई फुटपाथको रुपमा नै प्रयोग गर्ने वातावरण समेत मिलाउने बताइन् ।

विकास आयुक्त  ढकालले सबै निकायले मिलेर धोबीखोलाको सौन्दर्यकरणमा ध्यान दिनुपर्ने र फोहोर फाल्नेलाई कारवाही गर्ने अधिकार स्थानीय तहलाई भएकोले जरिवना समेत लगाएर कारबाही हुनुपर्ने बताइन् ।

कार्यक्रममा धोबीखोला आयोजना प्रमुख दिनेशकृष्ण पोतेको संयोजकत्वमा काठमाडौं नगरपालिका, बुढानीलकण्ठ नगरपालिकाका वडा प्रतिनिधि , अधिकार सम्पन्न बाग्मति सभ्यता एकीकृत किकास समितिका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रतिनिधि समेत रहनेगरी धोविखोला व्यावस्थापन समन्वय समिति गठन भएको छ भने यस समितिले खोलाको सौन्दर्यीकरण, ढल व्यावस्थनपन, फोहोर व्यवस्थापन, वृक्ष रोपन र त्यसको संरक्षण, पार्क निर्माणका लागि सार्वजनिक जग्गाको पहिचान लगायतका काममा समन्वयात्मक भुमिका निर्वाह गर्नेछ ।

हरेक वर्ष आउने बाढीलाई रोक्न नसके पनि प्रकोपको अगि्रम सूचना दिने प्रणालीलाई अबलम्बन गर्ने र धेरै क्षति हुन नदिन के गर्ने सकिन्छ भनेर छलफलमार्फत अगाडि बढ्ने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?