+
+

पत्रकार एलबी विश्वकर्माको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १०:०५

६ माघ, काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्मालाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार राति ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

परिवारले दिएको जानकारी अनुसार बिहीबार बिहान तीन बजे उपचारका क्रममा विश्वकर्माको निधन भएको हो ।

दुई साता अघिदेखि रुघा-ज्वरो आए पनि उनी घरमै आराम गरिरहेका थिए ।

अछामको रामारोशन गाउँपालिका घर भएका २४ वर्षीय विश्वकर्माका श्रीमती र एक छोरा छन् । समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माको निधनप्रति नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिले दुःख व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?