
९ माघ, काठमाडौं । अफगानिस्तानको हेरातमा एक मिनी बसमा बम विस्फाेट हुँदा चार महिला सहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् ।
इन्धन ट्यांकीमा जडान गरिएको बम विस्फाेट भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।
हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो ।
अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको विवरणहरु सार्वजनिक भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4