+
+

पत्रकार विश्वकर्माको निधनबारे छानबिन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १७:४३

९ माघ, काठमाडौं । निजामती कर्मचारी (सिभिल) अस्पताल पत्रकार लालबहादुर विश्वकर्माको निधनबारे छानबिन गर्न समिति गठन गरेको छ ।

स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा पत्रकार विश्वकर्माको ललितपुरको पाटन अस्पतालमा गत बिहीबार बिहान निधन भएको थियो ।

बुधबार सिभिल अस्पतालले इमर्जेन्सी विभागमा भर्ना भएका विश्वकर्मालाई पाटन अस्पताल रिफर गरेको थियो । सिभिलले आवश्यक उपचार नगरी अन्यत्र रिफर गरेर लापरवाही गरेको र समयमा उपचार नपाउँदा मृत्यु भएको भन्दै उजुरी परेपछि छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालको इमरजेन्सी विभागका प्रमुख दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको अस्पतालले जनाएको छ । सदस्यमा उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भोषराज घिमिरे र क्यास काउन्टर इज्चार्जभेषबहादुर बस्नेत छन् ।

यसअघि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?