+
+

जात्रा संरक्षणका लागि ललितपुर महानगरको अक्षय कोष

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १८:२४

९ माघ, काठमाडौं । ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिकसँगसँगै धार्मिक महत्वका जात्रा, नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा यी अमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हो ।

यसै क्रममा महानगरले शनिवार कात्र्तिक नाचको अक्षयकोषका लागि ५० लाख हस्तान्तरण ग¥यो । महानगरले आर्थिक वर्ष २०७८/७९को बजेटबाट उक्त रकम हस्तान्तरण गरेको हो । अघिल्लो वर्ष महानगरले आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट ५० लाख हस्तान्तरण गरेको थियो । कात्र्तिक नाचको अक्षयकोष अब एक करोडको भएको छ ।

महानगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक अभावमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका जात्रा, नाचहरुको अस्तित्व संकटमा परेकाले अक्षयकोषका लागि सहयोग गरेको बताए । उनले भने, ‘झन्अघिल्लो वर्ष मैलै कात्र्तिक नाचलाई एक करोडको अक्षयकोष बनाउन सहयोग गर्छु भनेको थिएँ, अघिल्लो वर्ष ५० लाख र अहिले ५० लाख हस्तान्तरण गरेँ, निकै खुशी छु । ’

हरिसिद्धि भवानीदेवी नाचको अक्षयकोषका लागि २५ लाख हस्तान्तरण भइसकेको छ भने आर्थिक वर्ष २०७८÷२०७९मा पनि २५ लाख प्रदान गर्ने महानगरले जनाएको छ । खोकनामा देखाइने रुद्रायणी नाचकालागि महानगरले २५ लाख हस्तान्तरण गरिसकेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/२०७९मा २५ लाख प्रदान गर्ने कार्यक्रम रहेको छ । यसैक्रममा महानगरले दसैंका बेला देखाइने खड्ग जात्राको अक्षयकोषका लागि २५ लाख छुट्याएको छ । २४ वर्षसम्म स्थगित भएको यो जात्रा चार वर्ष अघिबाट देखाउन सुरु गरिएको छ । महानगर प्रमुख महर्जनले अक्षयकोष हुँदा जात्रा, नाचको निरन्तरतामा खर्च जुटाउन मुश्किल नहुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?