+
+
Shares

टेलिकमको तार चोरी गर्ने गिरोहका पाँच जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १९:२२

९ माघ, काठमाडौं।महानगरीय प्रहरी परिसर काठमाडौंले टेलिकमको तार चोरी गर्ने गिरोहका पाँचजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुङ्गल नगरपालिका-७ घर भई गैरीधारास्थित डेरा गरी बस्‍ने २३ वर्षीय प्रेमबहादुर बोहोरा, घोडाघोडी नगरपालिका घर भई सुकेधारास्थित डेरा गरी बस्‍ने २५ वर्षीय नमेश बुढा, सिराञ्चोक गाउँपालिका-२ गोरखा घरु भई सुकेधारास्थित डेरा गरी बस्‍ने १८ वर्षीय राजन घले, टिकापुट नगरपालिका-१ घर भई बानेश्वर बस्‍ने २४ वर्षीय गोबिन्द साउँद र बनेपा नगरपालिका-१२ काभ्रे घर भई काठमाडौंको नयाँ बजार बस्‍दै आएका ३० वर्षीय प्रविन कार्की रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी बृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट दुरसञ्चार इन्टरनेट सेवा लेखिएको प्लेट राखिएको हात्ती गाडी, तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु (पिलास, चक्कु, कैची) भर्‍याङ, ५० पेयर (एउटा तारमा ५० वटा लाइन जडान गर्न मिल्ने)को १४ मिटर कालो टेलिफोन तार, १०० पेयर (एउटा तारमा १०० वटा लाइन जडान गर्न मिल्ने)को १०० मिटर कालो टेलिफोन तार बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि महानगरीय प्रहरी बृत्त बालाजुले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?