+
+

संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव सार्ने प्रयास नहोस् : खिमलाल देवकोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १९:३६

९ माघ, काठमाडौं। राष्ट्रियसभा सदस्‍य खिमलाल देवकोटाले संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव टार्न वा सार्न नहुने बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्‍दै उनले भनेका छन्, ‘जब अदालतमा स्थानीय तह निर्वाचन ऐनका सम्बन्धमा प्रवेश नै पाएको छैन भने पहिल्यै नै हामीले कानून संविधानसंग वाझियो भनेर कसरी भन्न सक्छौ ? संविधानको छिद्र खोजेर स्थानीय तहको चुनाव टार्ने/सार्ने प्रयास नहोस।’

उनले संविधानको व्याख्या र कानून तर्जुमा संविधान अनुकूल भयो/भएन भन्ने सर्वोच्च अदालतले गर्ने बताएका छन्। उनले भनेका छन्, ‘संविधान लेख्ने संसदले हो । कानून तर्जुमा गर्ने पनि संसदले हो । संविधानको व्याख्या र कानून तर्जुमा संविधान अनुकूल भए/भएन भन्ने सर्वोच्च अदालतले हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?