+
+

डोटीमा एक युवती मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १५:०१

१० माघ, डोटी । डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको केआई सिंह गाउँपालिका-६ की २० वर्षीया हरिना भाट स्थानीय रोक्टान खोला नजिकै मृत फेला परेकी हुन् ।

आइतबार बिहान करीब ९ बजेतिर अमला टिप्न भनी जङ्गलतिर गएकी हरिना साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्न जाँदा साँझ साढे सात बजे शव फेला पारेको स्थानीयले बताएका छन् ।

एक महिना अगाडि मात्रै डडेल्धुराको परशुराम नगरपालिका एक व्यक्तिसँग भागेर विवाह गरेकी हरिना माइती घर आएको चार दिनमात्र भएको थियो ।

भाटले प्रयोग गरेको चप्पल र सल बाटो भेटिएको र शव बाटोभन्दा करीब पाँच मिटर तल घोप्टे अवस्थामा फेला परेको मृतका मामा नाता पर्ने इन्द्र भट्टले बताएका छन् ।

लडेर मृत्यु हुन सक्ने कुनै अवस्था नदेखिएको भन्दै मृतकका आफन्तले भाटको हत्या भएको आशङ्का गरेका छन् ।

घटनाको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले घरबाट ८-९ सय मिटर टाढा खोलामा युवतीको शव फेला परेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?