+
+

महामारीका कारण घट्न थाले हवाई यात्रु, उडान कटौती

यात्रु-कर्मचारी सुरक्षित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १४:२०

१० माघ, काठमाडौं । कोरोना भाइरसको तेस्रो भेरियन्टको फैलावटसँग हवाई यात्रुको संख्यामा गिरावट आउन थालेको छ । यससँगै वायुसेवा कम्पनीहरुले उडान संख्या र हवाई भाडासमेत धमाधम कटौती गरिरहेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यो साता उडान संख्यामा १० प्रतिशतसम्म कटौती भइसकेको छ ।

दैनिक ७०भन्दा माथि उडान गर्ने बुद्ध एयरले सोमबारका लागि ६४ वटा मात्र उडानको तालिका राखेको छ । यति एयरलाइन्सले समेत सोमबार २२ वटा मात्र उडानको तालिका राखेको छ । सौर्य, श्री एयरलाइन्स तथा गुण एयरलाइन्सले समेत साविकको तुलनामा उडान संख्या कटौती गरेका छन् ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिले अत्यावश्यक यात्रामा निस्कनेहरुमाथि घर बाहिर निस्किएका छन् । जसका कारण संख्या कम भएको हो । यसमा खासगरी घुमफिरको प्रयोजनमा निस्कने यात्रुको संख्या घटेको छ । अर्कोतर्फ तराई भेगमा अत्यधिक कुहिरोका कारण उडान नै अवरुद्ध हुने क्रमका कारण समेत साविकको तुलनामा यात्रु संख्या घटेको छ ।

जहाज चढ्ने यात्रुमा जहाजका माध्यमबाट कोरोना नसरोस भन्नेमा निकै सचेतना अपनाइएको बुद्ध एयरका संचार अधिकृत दीपेन्द्र कर्णले बताए ।

‘छोटो अवधिमा गन्तब्यमा पुगिने र यात्रु तथा कर्मचारी सबैले अनिवार्य कोरोना मापदण्ड पालना गर्ने हुँदा यात्राका दौरान कोरोना सर्ने सम्भावना निकै कम छ,’ उनले भने ।

कर्मचारी सुरक्षित

वायुसेवा कम्पनीहरुका अनुसार तुलनात्मक रुपमा बढी मानिससँग भिडभाडमा काम गर्नुपर्ने भएपनि यस पटक संक्रमणकै कारण सेवा संचालनमा असर पर्ने गरि कर्मचारीमा संक्रमण फैलिएको छैन ।

सबै कर्मचारीले बुस्टर डोजसमेत लगाएको र फेससिल्डसहित मापदण्ड अनिवार्य पालना गरिएका कारण कर्मचारीमा सेवा नै रोकिने गरी संक्रमण नभएको बुद्ध एयरका संचार अधिकृत कर्णले बताए ।

‘छिटपुट कर्मचारीबाहेक सेवा नै रोकिने गरी कुनै पनि एयरलाइन्स कम्पनीमा संक्रमण फैलिएको छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?