+
+

कोरोना खोप लगाउनबाट रोक्न आफ्नै आमाले गरिन् छोराको अपहरण !

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते २०:०५

१० माघ, काठमाडौं । हामीकहाँ कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउन तछाडमछाड छ । १२ वर्षभन्दा माथिका बालबालिकालाई पनि कोरोना भाइरसको खोप लगाउन अभिभावकहरुले स्कुल तथा खोपकेन्द्र सम्म लगिरहेका छन् । तर युरोपेली मुलुक स्पेनमा भने एकजना आमाले आफ्ना दुई छोराहरुलाई कोरोना खोप लगाउन नदिनका लागि अपहरण गरेकी छिन् ।

स्पेनको सेभिएमा बस्ने एक व्यक्तिले आफ्नी भूतपूर्व पत्नीमाथि आफूहरुका दुई छोरा अपहरण गरेको आरोप लगाए । छोराहरुलाई कोभिड भ्याक्सिन लगाउनबाट रोक्नका लागि भूपू पत्नीले अपहरण गरेको भन्दै उनले प्रहरीमा उजुरी दिए, गत डिसेम्बरको उत्तरार्धतिर ।

प्रहरीले छोराहरु अपहरणको आरोप लागेकी ४७ वर्षे महिलाको खोजी गरिरहेको बेला ती महिलाले अन्ततः गत बुधबार प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन् ।

१४ र १२ वर्षका दुई छोराहरुलाई अनधिकृत रुपमा लगेको र आफूले नोभेम्बर ४ देखि छोराहरुलाई नदेखेको भनी ती पुरुषले उजुरी गरेका थिए ।

छोराहरुलाई खोप लगाउने नलगाउने भन्ने निर्णय गर्ने अधिकार बाबुको रहेको भनेर अदालतले फैसला गरेको केही दिनपछि आफुले पूर्वपत्नीबाट एउटा चिठी प्राप्त गरेको र चिठीमा पूर्वपत्नीले छोराहरुलाई स्कुलबाट निकाल्ने योजना उल्लेख गरेको उनले बताएका छन् ।

अन्ततः बुधबार ती महिला आफ्ना दुई छोरासहित प्रहरीसमक्ष उपस्थित भइन् र उनीहरुलाई अदालतमा पेश गरियो । अदालतले ती महिलालाई हिरासतमै राख्न आदेश दिएको छ भने दुई छोरालाई बाबुको जिम्मा लगाइएको छ ।

स्मरण रहोस् स्पेन लगायतका युरोपेली देशहरुले गत डिसेम्बर १५ देखि नै ५ वर्षमाथिका बालबालिकालाई कोभिड १९ भ्याक्सिन लगाउन सुरु गरिसकेका छन् । स्पेनमा १२ वर्षमाथिका ९० प्रतिशत मानिसले कोभिड १९ को पूर्ण खोप प्राप्त गरिसकेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?