+
+

सुदूरपश्चिमका चार जनामा ओमिक्रोन संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १२:४४

११ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।

जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले कञ्चनपुरका दुई जना, बझाङ र डाेटिका एक/एक जनामा ओकिक्रोन पुष्टि भएको जानकारी दिए । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका ओझाले बताए ।

अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

हेर्नुस् विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?