+
+

सरकार जनतालाई राहत दिनुभन्दा एमालेविरुद्धको षड्यन्त्रमा छ : बोहरा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १३:५७

११ माघ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदले सरकार जनतालाई राहत दिनुभन्दा नेकपा एमालेविरुद्धको षड्यन्त्रमा केन्द्रित भएको आरोप लगाएको छ ।

अध्यक्ष अमृतकुमार बोहराले मंगलबार विज्ञप्ति जारी गरी कोरोना महामारीले मुलुक आक्रान्त भइरहेका बेला राज्यका सबैजसो अंग अस्तव्यस्त देखिएको बताएका छन् ।

‘आम जनता महंगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिनसकेको छैन । खोपमा अपचलन भएका कुराहरु आइरहेका छन्’ उनले भने, ‘औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन सक्तैनन् । सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित छ ।’

अध्यक्ष बोहराले पार्टीलाई सबैखाले अवसरवाद र अराजक प्रवृत्तिबाट मुक्त गर्दै खदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?