
११ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखापरेपछि गत शुक्रबार अस्पताल भर्ना भएकी दाहाललाई मंगलबार डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा. बाबुराम पोखरेलले जानकारी दिए ।
दाहाल आईसीयूमा थिइन् । दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकाले घर जाने सल्लाह दिइएको डा.पोखरेलले बताए । यद्यपि, कोभिडको असर कम भएलगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको पनि उनले बताए ।
सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4