११ माघ, काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको खुद नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख ९४ हजार रुपैयाँ कमाएका छन् ।
यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ७-७० प्रतिशतले बढी हो । यद्यपि, यसमा हिमालयन बैंकको भने जोडिएको छैन ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेर अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयनले वित्तीय विवरण सार्वजनिक गरेको छैन । अघिल्लो वर्षको ६ महिनामा भने यो बैंकले ६५ करोड ३२ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको थियो ।
चालु आर्थ्र्िक वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै मूनाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा देखिएको छ । अघिल्लो वर्षको ६ महिनामा २ अर्ब ३१ करोड रुपैयाँ कमाएको यस बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६६ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।
मूनाफा धेरै कमाउने दोस्रो नम्बरमा एनआईसी एसिया बैंक देखिएको छ । व्यवसाय विस्तारमा निकै आक्रामक रुपमा प्रस्तुत हुने गरेको यस बैंकले नबिल र राष्ट्रिय वाणिज्य बैंकलाई समेत उछिनेको छ । गत वर्षको ६ महिनामा २ अर्ब ६ करोड रुपैयाँमात्रै कमाएको एन्आईशी एसिया बैंकले यस वर्षको दोस्रो त्रैमासमा २ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
यसैगरी नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९२ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा नबिलले २ अर्ब १ करोड रुपैयाँ र रावा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
धेरै नाफा कमाउने पाँचौ नम्बरमा भने एनएमबि बैंक देखिएको छ । एनएमबि बैंकले अघिल्लो वर्षको ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ कमाएकोमा यस वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
हेर्नुस् कुन बैंकले कति कमाए ?
| बैंकको नाम | पुस २०७८ (रू.) | पुस २०७७ (रू.) |
| ग्लोबल आईएमई | २ अर्ब ६६ करोड | २ अर्ब ३१ करोड |
| एनआईसी एशिया | २ अर्ब ४० करोड | २ अर्ब ६ करोड |
| नबिल | २ अर्ब १८ करोड | २ अर्ब १ करोड |
| राष्ट्रिय वाणिज्य | १ अर्ब ९२ करोड | १ अर्ब ७५ करोड |
| एनएमबि | १ अर्ब ७१ करोड | १ अर्ब ६१ करोड |
| प्राइम कमर्सियल | १ अर्ब ६८ करोड | १ अर्ब ८१ करोड |
| नेपाल इन्भेष्टमेन्ट | १ अर्ब ६२ करोड | १ अर्ब ५८ करोड |
| सिद्धार्थ | १ अर्ब ५८ करोेड | ९१ करोड ८७ लाख |
| कृषि विकास | १ अर्ब ४२ करोड | १ अर्ब ३२ करोड |
| नेपाल बैंक | १ अर्ब ४१ करोड | १ अर्ब ३५ करोड |
| मेगा | १ अर्ब ४० करोड | १ अर्ब ३० करोड |
| प्रभु | १ अर्ब २६ करोड | १ अर्ब ५१ करोड |
| सिटिजन्स | १ अर्ब २४ करोड | ८७ करोड ५२ लाख |
| स्टाण्डर्ड चार्टर्ड | १ अर्ब ९ करोड | ७२ करोड ७६ लाख |
| सानिमा | १ अर्ब ८ करोड | १ अर्ब ६ करोड |
| माछापुच्छ्र्रे | १ अर्ब १ करोड | ८० करोड २७ लाख |
| कुमारी | ९५ करोड | १ अर्ब २१ करोड |
| एनसीसी | ९० करोड | ६१ करोड ४० लाख |
| एभरेष्ट | ८३ करोड ८९ लाख | ९६ करोड १९ लाख |
| लक्ष्मी | ८१ करोड ७४ लाख | ८० करोड ७१ लाख |
| नेपाल बंगलादेश | ८१ करोड ११ लाख | ९४ करोड १२ लाख |
| नेपाल एसबीआई | ७८ करोड २८ लाख | ५१ करोड ४८ लाख |
| सनराइज | ७४ करोड ५५ लाख | ९४ करोड ९४ लाख |
| सेञ्चुरी | ७२ करोड २१ लाख | ४६ करोड ६५ लाख |
| बैंक अफ काठमाण्डू | ७१ करोड ९३ लाख | ७० करोड ८५ लाख |
| सिभिल | ५० करोड ४० लाख | २० करोड २८ लाख |
| हिमालयन | – | ६५ करोड ३२ लाख |
| जम्मा | ३३ अर्ब ४६ करोड ७२ लाख | ३१ अर्ब ७ करोड ३२ लाख |
प्रतिक्रिया 4