११ माघ, जनकपुरधाम। नेपाल सद्भावना पार्टीका नेता-कार्यकर्ताले मंगलबार जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन्।
संघीयताका प्रणेता स्व. गजेन्द्रनारायण सिंहको स्मृति दिवसका दिन सार्वजनिक बिदा दिन गरेको आग्रहलाई बेवास्ता गरेपछि मुख्यमन्त्रीको पुत्ला जलाइएको नेपाल सद्भावना पार्टीका युवा नेता राजकुमार चौधरीले बताए ।
‘स्व. गजेन्द्रनारायण सिंह नै मधेश र संघीयताका प्रणेता हुनुहुन्छ। हामीले उहाँको स्मृति दिवसका दिन सार्वजनिक विदा दिन मुख्यमन्त्रीलाई ज्ञापन पत्र नै बुझाएका थियौं’ चौधरीले भने, ‘तर बेवास्ता गरेपछि हामीले पुत्ला जलाएका हौं।’
उनीहरुले स्थानीय जनक चोकमा मुख्यमन्त्रीको पुत्ला जलाएका हुन्। पुत्ला जलाउँदै उनीहरुले मुख्यमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4