+
+

सद्भावना पार्टीका कार्यकर्ताले जलाए मधेशका मुख्यमन्त्रीको पुत्ला

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १९:११

११ माघ, जनकपुरधाम। नेपाल सद्भावना पार्टीका नेता-कार्यकर्ताले मंगलबार जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाएका छन्।

संघीयताका प्रणेता स्व. गजेन्द्रनारायण सिंहको स्मृति दिवसका दिन सार्वजनिक बिदा दिन गरेको आग्रहलाई बेवास्ता गरेपछि मुख्यमन्त्रीको पुत्ला जलाइएको नेपाल सद्भावना पार्टीका युवा नेता राजकुमार चौधरीले बताए ।

‘स्व. गजेन्द्रनारायण सिंह नै मधेश र संघीयताका प्रणेता हुनुहुन्छ। हामीले उहाँको स्मृति दिवसका दिन सार्वजनिक विदा दिन मुख्यमन्त्रीलाई ज्ञापन पत्र नै बुझाएका थियौं’ चौधरीले भने, ‘तर बेवास्ता गरेपछि हामीले पुत्ला जलाएका हौं।’

उनीहरुले स्थानीय जनक चोकमा मुख्यमन्त्रीको पुत्ला जलाएका हुन्। पुत्ला जलाउँदै उनीहरुले मुख्यमन्त्रीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?