+
+

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज, केके सार्वजनिक हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते ६:०७

१२ माघ, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्दै छ ।

अहिले जनगणनाको प्रारम्भिक र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक गर्ने विभागको योजना छ । जनगणनाको अन्तिम नतिजा सार्वजनिक हुन भने करिब नौ महिना लाग्ने अनुमान छ ।

विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार गणकले भरेका मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो । प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या सार्वजनिक गरिने उनले बताए ।

प्रारम्भिक नतिजामा लिंगको आधारमा महिला र पुरुषको मात्र संख्या सार्वजनिक गरिनेछ । अन्य लैंगिक र यौनिक पहिचान भएकाहरुको विवरण भने पछि सार्वजनिक गर्ने विभागले जनाएको छ ।

गत भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?