+
+

जनकपुरमा मतदानस्थल नजिक झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

श्रवण देव श्रवण देव
२०७८ माघ १२ गते ९:५१

१२ माघ, जनकपुरधाम । धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरुबीच झडप भएको छ । राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको छ ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?