
१३ माघ, दाङ । बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पचालझरना-१ कालिकोटकी ६० वर्षीया महिलाको भेरी अस्प्तालमा उपचारका क्रममा मुत्यु भएको हो ।
माघ ९ गते पीसीआर परीक्षण गर्दा रिपार्ट पोजेटिभ आएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । संक्रमित महिलाको बिहीबार बिहान ३ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।
बाँकेमा बुधबारमात्रै १२ घण्टाको अन्तरालमा दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । बाँकेमा हालसम्म कोभिड संक्रमणबाट ३४६ जनाको मृत्यु भएको छ भने उपचारका लागि बाहिर जिल्लाबाट आएका ४४० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4