+
+

दिल्लीमा हप्ताको दुई दिन लगाइएको कर्फ्यू हट्यो, शैक्षिक संस्था भने बन्दै रहने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १५:५०

१३ माघ, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोभिड-१९ नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्ध खुकुलो पारिएको छ । कोरोना संक्रमणदर घट्न थालेसँगै दिल्लीमा लगाइएका प्रतिबन्ध खुकुलो पारिएको हो ।

प्रतिबन्ध खुकुलो पारिएसँगै दिल्लीमा हप्ताको दुई दिन लगाइएको कर्फ्यू यसै सातादेखि हटाइने भएको छ । दिल्लीमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि हरेक शनिबार र आइतबार लगाइएको कर्फ्यू हट्ने भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

त्यस्तै, दिल्लीका बजार तथा शपिङ मलमा लगाइएका प्रतिबन्धसमेत खुकुलो पारिने भएको छ । ५० प्रतिशत क्षमतामा सिनेमा हल र रेस्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ भने विवाह समारोहमा अबदेखि २०० जनासम्म सहभागी हुन पाउने छन् ।

दिल्लीका सरकारी कार्यालय समेत ५० प्रतिशत क्षमतामा खुला गरिने भएको छ । दिल्लीको विपत व्यवस्थापन प्राधिकरणका अनुसार जोरबिजोर प्रणालीसहितका अन्य प्रतिबन्धसमेत भोलिदेखि अन्त्य हुने भएका छ । तर, शैक्षिक संस्था भने बन्द नै रहने र रात्रिकालीन कर्फ्यू जारी रहने समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?