+
+
गुर्जुधारा यातायात कार्यालयमा बागमती प्रदेशका यातायातमन्त्री दाहालको अनुगमन :

‘लिखित फाइलको ढड्डाको बेहाल छ, अब डिजिटलाइजेशन गर्छौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १३:३४

१४ माघ, काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् ।

शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले यातायात कार्यालयमा रहेका अस्तव्यस्त फाइलहरुले अबका दिनमा ठूलो समस्या सिर्जन गर्ने भन्दै व्यवस्थित बनाएर लैजानुपर्ने बताए ।

मन्त्री दाहालले यातायात कार्यालयबाट तत्काल त्यो कुरा सम्भव नभए निजी क्षेत्रलाई टेण्डर आह्वान गरेर लिखित फाइलहरु अनलाइनमा परिणत गर्नुपर्ने बताए। उनले यातायात कार्यालयमा अहिले चलिरहेको शैलीलाइ पनि रुपान्तरण गर्न आवश्यक रहेको भन्दै कार्यालयमा नयाँ प्रविधि भित्र्याएर जानुपर्ने बताए।

उनले यातायात कार्यालयमा पैसा बुझ्ने कामले धेरै बिचौलियाको प्रवेश भएको भन्दै कार्यालयमा क्यासको कारोबार नै हुन नदिने गरी नयाँ सिस्टम बनाउने बताए।

‘यो फाइल जुनरुपमा अस्तव्यस्त छ, यसले गर्दा केही समयपछि धेरै ठूलो समस्या आउँछ । यसलाई अब हामीले व्यवस्थित नगर्ने हो भने के हुन्छ होला हालत ? एकान्तकुनामा हिजो फाइलहरु हेर्‍यौं, बेहाल छ । मन्त्री दाहालले भने, ‘त्यो भएर यसलाई डिजिलाइजेशन गर्ने क्रममा अलि ध्यान दिनुस् । हामी त्यो विधि बनाउँदैछौँ । हाम्रो आफ्नै कार्यालयबाट त्यो अहिले सम्भव छैन । प्राइभेटलाई लिएर त्यसको व्यवस्थापन गरौँ ।’

उनले यातायात कार्यालयमा बिचौलियाहरुका कारण इमान्दार कर्मचारीहरुले पनि दोष पाइरहेको भन्दै बिचौलियालाई कार्यालयमा प्रवेश गर्न नदिन सचेत गराए । उनले कार्यालयमा आउने सेवाग्राहीहरुलाई व्यवस्थित तरिकाबाट काम सम्पन्न गर्ने वातावरण मिलाउन पनि निर्देशन दिए ।

‘यो ढड्डा अहिले जुन रुपमा रहेको छ । यसले भोलि यही रुपमा रहे सबैलाई अफ्ठ्यारो बनाउँछ । त्यसैले सिस्टम नै नयाँ बनाएर जाउँ । जस्तो यहाँ क्यास लिएर आउनु नपरोस् । यहाँ बुझ्ने काम भयो भने बिग्रिन्छ ।’ उनले भने, ‘क्यासको कारोबार कार्यालयभित्र एक पैसाको पनि नहुने बनाउनु पर्छ । १-२ जना बदमासले गर्दा अन्य इमान्दार कर्मचारीहरुले दोष पाइरहेका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?