+
+

उड्डयन प्राधिकरणले उठाउन बाँकी बक्यौता १ अर्ब ८२ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १४:०३

१४ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, संघ-संस्था र कम्पनीसँग उठाउन बाँकी बक्यौता करिब दुई अर्ब रूपैयाँ पुगेको छ । प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्राधिकरणलाई सो बक्यौता उठाउने कार्यायोजना बनाएर पेश गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरणले समितिलाई बुझाएको विवरणअनुसार स्वदेशी तथा विदेशी निकाय, संघसंस्थाले प्राधिकरणलाई १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ बुझाउन बाँकी रहेको देखिएको छ ।

यसमा विगत लामो समयदेखि बन्द रहेका वायुसेवा कम्पनीहरुको बक्यौता रकम ठूलो छ । प्राधिकरणले बेलाबेला सूचना निकालेर रकम तिर्न भनेपनि ठोस कदम चाल्न सकेको छैन । जसका कारण बक्यौता रकम हरेक वर्ष थप हुने गरेको हो ।

समितिले कोभिड १९ को संकटका बेला भएको उद्धार उडानका दौरान विगतमा पर्यटन मन्त्रालयले बनाएको छानविन समितिको प्रतिवेदन संसदीय समितिमा पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।

यस विषयमा अहिले पर्यटन मन्त्रालयले पुनः अर्को समिति बनाएर छानविन गरिरहेको छ । खासगरी खाडी मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउन क्रममा बढी भाडा लिएको भन्दै मन्त्रालयले छानविन गरेपनि कारवाही नगरी प्रतिवेदन थन्काएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?