+
+

सम्भावित चुनावी परिणामसँग तर्सिएर जालझेल रचिदैछ : गोकर्ण बिष्ट

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले स्थानीय तहको चुनावबाट प्राप्त हुनसक्ने परिणामबाट तर्सिएर सत्तारुढ गठबन्धन जालझेलमा रच्नतिर लागेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १५:०१

१४ माघ, काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण बिष्टले स्थानीय तहको चुनावबाट प्राप्त हुनसक्ने परिणामबाट तर्सिएर सत्तारुढ गठबन्धन जालझेलमा रच्नतिर लागेको बताएका छन् ।

पराजित हुने चुनावसँग भाग्नकै निम्ति संविधान र कानूनको अपव्याख्या गरिएको उनको भनाइ छ। ‘यतिबेला सरकारमा सामेल पार्टीहरु संविधान र कानूनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षडयन्त्रमा तल्लीन छन्’, बिष्टले लेखेका छन् ।

निर्वाचन आयोगले पटकपटक सरकारको ध्यान आकृष्ट गरिरहेपनि लोकतान्त्रिक अभ्यासको बर्खिलापमा सरकार र सत्तारुढ दल लागिपरेको बिष्टले बताएका छन् । चुनावसँग भाग्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन नसक्ने उल्लेख गरेका छन्।

‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरुबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन’, बिष्टले सामाजिक सञ्जालमा लेखेक छन्।

उनले संविधानको कार्यान्वयन गर्न अविलम्ब स्थानीय चुनावको घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?