+
+

संरक्षणको नाममा बालबालिकालाई गैरकानुनी क्रियाकलापमा लगाइएको गुनासो

रासस रासस
२०७८ माघ १४ गते १८:१५

१४ माघ, काठमाडौं । बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाइदिने, पालनपोषण गरिदिनेलगायत संरक्षणको नाममा गैरकानुनी क्रियाकलापमा संलग्न गराइएको गुनासो प्राप्त भएको गृह मन्त्रालयले जनाएको छ ।

बाबुआमा तथा आफ्ना अभिभावकबाहेकले यसरी बालबालिकाका लैजाँदा तोकिएको कानुनी प्रक्रिया पूरा गर्नुपर्नेतर्फ मन्त्रालयले सचेत गराएको छ । ‘सामाजिक धार्मिक वा अन्य प्रकारका सङ्घसंस्थाको नाममा बालबालिका लिने र उनीहरूलाई विदेश पठाउने, घरेलु कामदारका रूपमा प्रयोग गर्ने, यौन शोषण गर्नेलगायत गैरकानुनी क्रियाकलामा सहभागी गराएको भन्ने गुनासा तथा उजुरी प्राप्त भएको छ’, मन्त्रालयले आज जारी गरेको विज्ञप्ति उल्लेख छ ।

जारी विज्ञप्तिमा बाबुआमा र अभिभावकबाहेक अन्य व्यक्ति वा संस्थामार्फत बालबालिकालाई नेपालभित्र एक स्थानबाट अर्को स्थानमा लैजानु परेमा सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा मात्रै लैजान पाउने व्यवस्था रहेको उल्लेख छ । नेपालबाट विदेश लैजानुपरेमा शैक्षिक प्रयोजनका लागि भए शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी पत्रको आधारमा र त्यस्तो पत्र जारी नहुने हकमा सम्बन्धित स्थानीय प्रशासनको स्वीकृति हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अन्य प्रयोजनका लागि भएमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकायले प्रदान गरेको अनुमति वा स्वीकृतिपत्र भएमा मात्रै लैजान पाउने व्यवस्था रहेको जानकारी गराएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?