+
+

निर्वाचन मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते ६:०७
फाइल तस्वीर

१५ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । आज बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने अनुमान छ ।

प्रधानमन्त्री देउवाको जोड निर्वाचन आयोगको सिफारिस अनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले गठबन्धनले सोही अनुसारको निर्णय गर्ने अनुमान छ । यसअघि निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते दुई चरणमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिनुभन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था भएकाले बैशाखमै निर्वाचन गर्नुपर्ने जोड आयोगको छ ।

हिजो प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेपछि आज गठबन्धनको बैठक बस्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बिहान बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?