+
+

बालकुमारी मन्दिरबाट चोरिएको मूर्तिबारे सुराक दिनेलाई ५ लाख पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १३:५७

१६ माघ, काठमाडौं। ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी मन्दिरको मूर्तिबारे सूचना दिनेलाई ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ ।

बालकुमारी भवानी गुठीले सूचना जारी गर्दै हराएको मूर्तिबारे सूचना दिनेलाई पाँच लाख रुपैयाँ कम नहुने गरी पुरस्कार दिने घोषणा गरेको हो ।

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको पुरानो मूर्ति ८ माघमा चोरी भएको थियो । मन्दिरका पुजारीहरुले बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए, त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

गुठीले जारी गरेको विज्ञप्तिमा ‘सूचना उपलब्ध गराउने व्यक्ति वा संस्थाको परिचय गोप्य राखिने’ पनि भनिएको छ । मूर्तिबारे कुनै सूचना भए मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न भनिएको छ ।

स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरी भएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेल चाहिँ मूर्ति चोरी गर्नेको खोजी भइरहेको बताउँछन् ।

प्रहरी घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली नै बनाएर मूर्तिको खोजी गरिरहेको छ । प्राविधिक जाँचबुझमा पोक्त अधिकृतहरुसहितको टोली गठन गरेर मूर्तिको खोजी भइरहेको पोखरेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?