+
+

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको तालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १५:२२

१६ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते सञ्चालन हुने विशेष परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले माघ २१ र २२ गते विभिन्न विषयको विशेषज्ञको विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पस र सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने जनाएको छ ।

माघ २१ गत शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म एनेस्थेसियोलोजी, डर्माटोलोजी लगायतका चार वटा विषयको र अपरान्ह २ बजेदेखि ४ बजेसम्म एनाटोमी, कम्युनिटी मेडिसिन, इमरजेन्सी मेडिसिन लगायतका ९ वटा विषयको परीक्षा हुने काउन्सिलले जनाएको छ ।

त्यस्तै माघ २२ गते शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म अब्सट्रेटिक एन्ड गाइनोकोलोजी, यूरोलोजी लगायत ४ बिषय र अपरान्ह २ बजेदेखि ४ बजेसम्म बायोकेमेष्ट्री, कार्डियो भ्यास्कुलर मेडिसिन/कार्डियोलोजी लगायतका १५ वटा विषयको परीक्षा हुनेछ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?