+
+

दुर्गेशको नयाँ गीतको विरोध, प्रसारण बन्द गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १२:०३

१७ माघ, काठमाडौं । मोडल तथा गायक दुर्गेश थापाको नयाँ गीत पनि विवादित बनेको छ । दुर्गेशले आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा गत शुक्रबार सार्वजनिक गरेको ‘पैसा’ बोलको गीत विवादित बनेको हो ।

आपत्तिजनक शब्द र प्रस्तुतिका कारण गीत विवादित बनेको हो । र्‍याप शैलीको यस गीतमा दुर्गेशले ‘छाडा’ र आपत्तिजनक शब्दहरु प्रयोग गरेका छन् । पैसाले देश ध्वस्त बनाएको भन्दै हरेक कुरा गर्न पैसा चाहिने आशय गीतमा व्यक्त गरिएको छ ।

वैज्ञानिक समाजवादी महिला संगठन केन्द्रीय कमिटीले गीतको प्रसारण तत्काल बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई आग्रह गरेको छ ।

संगठनले प्रेस विज्ञप्ति जारी गर्दै गीतमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरुको प्रयोग भएको र महिलाको शरीरलाई पैसासँग जोडेर प्रस्तुत गरेको भन्दै गीतको प्रसारण बन्द गर्न आग्रह गरेको हो । ‘गीतमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरुको अत्याधिक प्रयोग भएको छ । त्यसैगरी महिलाको अर्धनग्न शरीरलाई पैसासँग जोडेर अश्लील तरिकाले प्रदर्शन गरेर महिलालाई वस्तुकरण गरिएको छ’ संगठनको केन्द्रीय कमिटी संयोजक धनकुमारी सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आग्रहलाई बेवास्ता गरे यस प्रकारका गीत र कलाकारहरु विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत संगठनले दिएको छ ।

सामाजिक सञ्जालमा विरोध

दुर्गेशको ‘पैसा’ गीतलाई लिएर सामाजिक सञ्जालमा समेत विरोध शुरु भएको छ । विशेषगरी महिलालाई पैसासँग तुलना गरेको भन्दै विरोध गरिएको हो । कतिपयले उनलाई कारबाही नै गर्न माग गरेका छन् ।

जस्मिन ओझाले फेसबुकमा स्टाटस लेख्दै महिलालाई पैसासँग तुलना गर्ने दुर्गेशलाई कारवाही गर्न माग गरेकी छन् । त्यसैगरी साया किरणले फेसबुकमा स्टाटस लेख्दै गीतको विरोध गरेकी छन् । पुरन पोखरेलले पनि गीत र भिडियोको प्रसारण तुरुन्त बन्द गरी कारबाही गर्नुपर्ने माग गरेका छन् । उनले पशुपति शर्माको लुटन सके लुट बन्द गराउने सरकारी निकायसँग दुर्गेशको छाडा गीत हेर्ने आँखा र कान छैन कि क्या हो ? भनेर प्रश्न समेत गरेका छन् । अन्य थुप्रैले पनि गीतको विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?