
काठमाडौं । सानिमा बैंक लिमिटेडले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा शाखा विस्तार गरेको छ ।
कावासोती नगरपालिका–८ मा स्थापना गरिएको शाखाको उद्घाटन नगरप्रमुख चन्द्रकुमारी पुन, बर्दिबास नगरपालिका–१ मा सञ्चालित शाखाको उद्घाटन नगरप्रमुख बिदुरकुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियामा सञ्चालित शाखाको उद्घाटन नगरप्रमुख हरि सिंह साउदले गरेका थिए ।
कार्यक्रममा तीनै स्थानीय तहका नगरप्रमुखहरुले बैंकको शाखा विस्तार भएकोमा बैंकलाई धन्यवाद दिँदै सर्वसाधरण नागरिकले सहज रुपमा बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4