+
+

लिगमा पुलिस र च्यासलबीचको स्थगित खेल शनिबार हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १६:४५

१७ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत विभागीय टोली नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच स्थगित भएको खेल आगामी शनिबार हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना महामारीका कारण स्थगित भएको नवौं चरणको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने १ बजे हुने जानकारी गराएको हो । खेल दशरथ रंगशालामा हुनेछ ।

यो खेलपछि लिगमा नवौं चरणका खेलहरु सकिनेछन् । यसअघि माघ २ गतेका लागि तय भएको यो खेल च्यासलका १९ जना खेलाडीमा एकैपटक कोरोना संक्रमण भएपछि स्थगित गरिएको थियो ।

हाल लिग तालिकामा पुलिस ८ खेलबाट ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । ८ खेलबाट ५ अंक जोडेको च्यासल १३ औं स्थानमा रहँदै रेलिगेसनको खतरामा छ ।

पुलिस र च्यासल दुवैले यस सिजन अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । एक दशक अघिसम्म घरेलु फुटबलमा बाघको रुपमा रहेको पुलिसको प्रदर्शन पछिल्ला वर्षहरुमा राम्रो छैन । यस्तै खेलाडी अनुबन्धमा आक्रामक बनेको च्यासलको प्रदर्शन लक्ष्य भन्दा धेरै टाढा छ ।

अहिलेसम्म अपराजित साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा छ भने मनाङ १९ अंकसहित दोस्रो स्थानमा छ । अर्को अपराजित आर्मी आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ ।

एन्फाले माघको अन्तिमबाट दशौँ चरणका खेल शुरु गर्ने तयारी गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?