+
+

‘पुष्पा’ले हिन्दी भर्सनमा कमायो सय करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १८:०६

१७ माघ, काठमाडौं । तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले हिन्दी डब भर्सनमा सय करोड भारुको व्यापार गरेको छ । साउथ अभिनेता अल्लु अर्जुन स्टारर यो चलचित्र हिन्दीतर्फ पनि सय करोड क्लबमा प्रवेश गरेको हो ।

मूल रुपमा तेलुगू भाषामा बनेको ‘पुष्पा’को तमिल, कन्नड, मलयालम र हिन्दी भाषाको डब भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा उपलब्ध छ । यो चलचित्र यी सबै भाषामा ब्लकबस्टर सावित भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

‘पुष्पा’मा अल्लु अर्जुनको स्टाइललाई दर्शक, खेलाडी, चलचित्रकर्मी अधिकांशले यो चलचित्रको तारिफ गर्नुका साथै सुपरस्टार अल्लु अर्जुनको स्टाइलको समेत नक्कल गरेका छन् ।

‘पुष्पा’ले भारतीय बक्स अफिसमा ३५० करोडको कमाइ गरिसकेको छ । यो चलचित्र सन् २०२१ मा रिलिज भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाइ गर्ने चलचित्र समेत बनेको छ । कोरोना महामारीको तेस्रो लहर चलिरहँदा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर यो चलचित्र हेर्न सिनेमा हलसम्म दर्शक पुगिरहेको समाचारमा उल्लेख छ ।

गत डिसेम्बर १७ मा रिलिज भएको ‘पुष्पा’लाई सुकुमारले निर्देशन गरेका हुन् भने चलचित्रमा अभिनेत्री रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?